Logo
मङ्गलबार, २० साउन २०७७
(Tuesday 4th August 2020)

१ सूचना १ सूचना ११ खानेपानीका ग्राहक तथा सर्वसाधारणमा हार्दिक अनुरोधका साथ सूचना

नेपाल सरकारबाट एशियाली विकास बैंकको ऋण सहयोगमा मेलम्चीको पानी काठमाण्डौ उपत्यकाबासीका घरघरमा पु¥याउने योजना अन्तर्गत काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकाको चक्रपथभित्र बिछ्याएको नयाँ वितरण संजालमार्फत् सर्वसाधारणका घरघरमा पु¥याउने कार्य अन्तिम चरणमा पुगिसकेको सुखद समाचार यहाँहरूलाई सुनाउन पाउँदा निर्देशनालय गौरवान्वित ठान्दछ ।
यसै सन्दर्भमा आयोजना कार्यान्वयन निर्देशनालयले म्ल्क्ष् द्ध अन्र्तगत कम्ःब् द्ध।ज्ञ।द्द मा के.यू.के.एल. को अनामनगर स्थित ओभरहेड पानी ट्याङ्कीबाट वितरण गरिने व्यवस्था रहे बमोजिम घट्टेकुलो चोक–धोबीखोला–भाटभटेनी–हनुमान स्थान–सिंहदरबार पूर्वी गेट–घट्टेकुलो चोक क्षेत्रभित्रका आयोजना कार्यान्वयन निर्देशनालयबाट जडान गरिएका धाराहरूमा मिटर जडान गरिने कार्य मंसिर महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखी कार्य शुरू गरिएको हुँदा यथाशिघ्र आआफ््ना धाराको बाँकी–बक्यौता चुक्ता गरी चुक्ता भएको कागजात पेश गरी मिटर जडान गर्ने कार्यमा सहयोग पु¥याइदिनुहुन आयोजना कार्यान्वयन निर्देशनालय हार्दिक अनुरोध गर्दछ ।
माथि उल्लिखित क्षेत्रहरूमा नयाँ ग्राहक बन्न बाँकी महानुभावहरूले काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड मिनभवन, वानेश्वर कार्यालयमा सम्पर्क राखी नयाँ धारा जडान सम्बन्धी प्रक्रिया पुरा गरेको कागजात पेश गरी मिटर जडान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।

सम्पर्क कार्यालय÷व्यक्ति

महशुल तथा बक्यौता चुक्ता सम्बन्धीः

सम्पर्क कार्यालय ः काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, मिनभवन, वानेश्वर काठमाण्डौ
लेखा शाखा फोन नं ः ०१४१०७०३८

मिटर तथा नयाँ धारा जडान सम्बन्धी सम्पर्कः

कर्मचारी÷व्यक्ति ः स.प्र.अ. चुडामणि लुइटेल, फोन नं. ९८४१४०२३४३,

मि.री. पुष्पराज दाहाल, फोन नं. ९८४१३१९०६१, मि.री. गोमा श्रेष्ठ, फोन.नं.९८४१८३५१५६

थप जानकारीका लागिः
कार्यालय ः आयोजना कार्यान्वयन निर्देशनालय, अनामनगर

सम्पर्क व्यक्ति ः इ. राज लाल ठाकुर, परामर्शदाताका तर्फबाट, फोन नंः ९८४१७७२८३७
इ. सुगत शाक्य, निर्माण व्यवसायीको तर्फबाट, फोन नंः ९८०१८०८०१२
ठाकुर खनाल, सामुदायिक सचेतना तथा सुरक्षा सहयोग परामर्शदाताको तर्फबाट, फोन नंः ९८४१५९४९३८

 

प्रतिक्रिया दिनुहोस्