योहो टेलिभिजन ‘एचडी’को परीक्षण प्रसारण सुरु



काठमाडौं । योहो टेलिभिजन ‘एचडी’ले परीक्षण प्रसारण सुरु गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर बुधबार साँझ स्याटलाइटमार्फत टेलिभिजनको परीक्षण प्रसारण शुरु भएको हो । प्रसारण आरम्भ गर्दै टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले समृद्धि र शान्तिप्रतिको नेपालीको चाहनालाई सम्मान गर्ने बताए।

टेलिभिजनका महाप्रबन्धक सम थापाले साउनको पहिलो सातादेखि नियमित प्रसारणमा जाने जानकारी दिए। समाचार र मनोरञ्जनात्मक कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रसारण गर्ने टेलिभिजनले जनाएको छ।

एभरेष्ट ब्रोडकास्टिङ प्रालिमार्फत् एक वर्षदेखि यूट्युब च्यानल योहो टिभी सञ्चालनमा छ।

प्रतिक्रिया दिनुहोस्