सामान्य इलेक्ट्रोनिक्स पौडेल यसरी बने व्यवसायी



धैर्य र मिहिनेत गरे के पाइदैन र भन्ने भनाईलाई यि युवा व्यवसायीले सिद्ध गरेका छन् । कुनै समय काठमाण्डौ कागेश्वरी मनोहराका सामान्य इलेक्ट्रोनिक्स यि युवा व्यवसायी केशव पौडेल आज राम्रो सफलता पाउँदैछन् ।

कागेश्वरी मनोहरामा श्रम र केही खुद्रा व्यापारका कारण सफलता पाउन सफल पौडेलले काठमाडौं महानगरपालिका वडा नम्बर ३२ काडाँघारी खहरेचोकमा इलेक्ट्रोनिक व्यवसाय सुरु गरेका छन् ।

यसअघि हाउस वाइरिङको काममा सफलता पाएका कारण उनले राम्रो गर्ने अनुमान धेरैको छ । सिन्धुली जिल्ला दुधौली नगरपालिकाका उनी स्वरोजगारबाट राम्रो सफलता पाउन सक्ने र आफूले मिहेनत गरे धेरै सम्भावना रहेको बताउछन् ।

लामो समय उनले होम सर्भिस गर्थे । दिनरात नभनी वोलाएको समय ग्राहकका पुग्थे र सेवा दिन्थे । त्यसकै प्रतिफल पौडेल आफनै लगानीमा इलेक्ट्रोनिस व्यापार सुरु गर्न सक्षम भएका हुन् ।

साथै उनी विदेशमा गएर श्रम गर्नु भन्दा नेपालमा स्वरोजगार तर्फ लाग्नु उपयुक्त भएको बताउछन् । स्वदेशमा नै केही गर्नुपर्छ र आफनै देशमा संभावना छ भन्ने उदाहरण पौडेललाई लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्