राजनीतिको फोहोर सफा गर्ने काम राजनीतिज्ञको होः दाहाल



काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिको फोहोर सफा गर्ने काम राजनीतिज्ञको भएको बताएका छन्।

बुधबार सुन्तली धुर्मुसले फाउन्डेसनले भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अवको एक दशकमा नेपालको राजनीति सफा हुने बताए।

धुर्मुस–सुन्तलीलाई देख्दा आफूलाई पनि कलाकार बन्न मन लागे पनि राजनीति निर्णायक भएको भन्दै आफू राजीतिको फोहोर सफा गर्ने अभियानमा लागेको बताए। नेपालको राजनीति फोहारबाट सफा बन्ने दिशामा गएको उनको दावी थियो।

‘फोलिटिक्स इज अ डर्टी गेम भन्ने एउटा थर्ट छ भने पोलिटिक्स इज क्लियर गेम भन्न अर्को थर्ट छ’, उनले भने, ‘तपाई हेर्नुहोला अबको १० वर्षभित्र नेपालको राजनीतिले सिंगो देशलाई एउटा अभियानतिर लिएर जानेछ।’

उनले राष्ट्र निर्माण एउटा क्षेत्र समुदाय र पार्टी विशेषले मात्र गरेर हुने काम नभएको भन्दै त्यसका लागि सबै एक जुट हुनुपर्ने बताए। राष्ट्र निर्माण राष्ट्रको मना्ेविज्ञान र प्रतिवद्धता आउनुपर्ने भन्दै उनले सबै क्षेत्रका मान्छेहरुले आफ्नो आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको भनाइ थियो।

उनले क्रिकेट मैदानको निर्माणमा कसैको केही स्वार्थ नभएको र यसले सत्तापक्ष र प्रतिपक्षलाई एकै ठाउँमा ल्याइदिएको बताए। लामो समयदेखि सुन्तली धुर्मुससँग क्रिकेट मैदान बनाउने विषयमा छलफल भएको धेरै ठाउँमा भएको छलफलपछि आजको ठाउँमा आइपुगेको उनले दावी गरे।

उनले खेलकुद क्षेत्रले संगो राष्ट्रलाई एकतावद्ध बनाउने भन्दै उनले आज घोषण गरिएको क्रिकेट मैदानले सिंगो देशलाई एकतावद्ध गर्ने विश्वास व्यक्त गरे।

उनले धुर्मुस सुन्तलीले सामाजिक सेवामा पु¥याएको योगदानको उच्च प्रशंसा समेत गरे। सरकारले अगाडि सारेको समृद्ध र सुखी नेपालीको नारालाई यो अभियानले सहयोग पु¥याउने बताए। ‘यो एउटा सामान्य धोषाण कार्यक्रम होइन्’, उनले भने, ‘यसले नयाँ नेपाल निर्माणको सुरुवात गरेको छ।’ उनले पछिल्लो समय खेलको क्षेत्र फराकिलो बन्दै गएको बताए।

प्रतिक्रिया दिनुहोस्