आज इद, सार्वजनिक विदा



मुस्लिम समुदायले बुधबार आफ्नो महान् पर्व इद उल फित्र देशभर धूमधामका साथ मनाउँदै छन् । यसै पर्वका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले मंगलबारै सूचना निकालेर इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको हो ।
एक महिनासम्म दिनभर पानीसमेत नखाइ व्रत बसेका मुस्लिम समुदायले अन्तिम दिन इद उल फित्र मनाउने गर्छन् ।

सरकारले यसअघि बिहीबार इद उल फित्र पर्ने भन्दै २३ गतेका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । इद उल फित्र बुधबार (आज) नै पर्ने भएपछि सरकारले निर्णय सच्चाउँदै बुधबार बिदा दिएको हो । यसअघि प्रदेश २ ले पनि बुधबार प्रदेशभर सार्वजनिक बिदाको घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्