Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

आज भोटो देखाइदैं



Shangrila 40

काठमाडौं उपत्यकामा आइतबार भोटो जात्रा मनाइँदै छ । भोटो जात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । यसैगरी, विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ । साँझ पाँच बजे जावलाखेलमा रातो मच्छेन्द्रनाथको भोटो देखाइनेछ । गुठी संस्थानका प्रमुख पौडेलले राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने छन् । आइतबार बिहान आठ बजे बुंगमतीबाट मच्छेन्द्रनाथको भोटो ल्याइदैछ ।

रातो मच्छेन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पु¥याइएको थियो । जावलाखेल पु¥याएकोे चौथो दिन भोटो देखाउने परम्परा अनुसार आइतबार भोटो देखाउन लागिएको हो । गुर्जु पल्टनको सलामी, बाजा, नृत्यसहित रातो मच्छेन्द्रनाथको रथ अघि र पछि मीननाथको रथ थतीचोकबाट जावलाखेल पु¥याइएको हो ।

प्रतिक्रिया दिनुहोस्