Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

फेरि सार्वजानिक यातायातका भाडा बृद्धि



काठमाडौं । सरकारले फेरि सार्वजानिक यातायातका भाडा बृद्धि गरेको छ । सरकारले हाल कायम भाडामा १२ प्रतिशतले बृद्धि गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

सार्वजनिक सवारी साधनमा असार १ गतेबाट लागू हुने गरी भाडा वृद्धि भएको हो । मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्य वृद्धिलगायतलाई आधार बनाएर नयाँ भाडादर कायम भएको विभागले जनाएको छ ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल समेत गरेको थियो । उक्त छलफलपछि भाडा बृद्धि गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवत्ता तीर्थराज खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्