गुठी विवाद सच्याउन संसोधन प्रश्ताव दर्ता



विवादीत गुठी विधान सच्याउन सांसदहरुले संसोधन प्रश्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेसका सांसद राधेश्याम अधीकारी र राजपाका सांसद रमेश प्रसाद यादवले संसोधन प्रश्ताव दर्ता गरेका हुन् । विधेयकमा रहेको ‘ आफ्नै लगानीमा पूर्वाधार संरचना निमार्ण गरी बहालमा दिने तथा सार्वजनिक निजी साझेदारी वा नीजी लगानीमा पूर्वाधार संरचना निमार्ण सञ्चालन हस्तानतरण गर्ने गरी लिजमा दिने ’व्यवस्था हटाउन संसोधन हालेका छन् । गुठी बहालमा दिने व्यवस्थामा भने संसोधनमा परेको छैन ।
यसैगरी अधिकारी र यादवले प्रदेशको अधिकार खोसीएको भन्दै संसोधन प्रश्ताव दर्ता गरेका छन् । उनीहरुले प्रदेश सम्बन्धी कानुन प्रदेश सरकारलाइ बनाउन दिनु पर्ने भन्दै संसोधन प्रश्ताव दर्ता गरेका हुन् । नेकपाकी सांसद विमला पौडेलले भने शैक्षिक गुठी र हिन्दु बाहेकका धर्मका गुठीका विषयमा समेटीनु पर्ने भन्दै संसोधन प्रश्ताव दर्ता गरेकी छिन् । गुठी विधेयम सम्बन्धी ६ वटा संसोधन प्रश्ताव दर्ता भएका छन् । यी मध्य चारवटा व्यक्तिगत तथा दुइ सामुहीक छन् ।

प्रतिक्रिया दिनुहोस्