केवल टिभी सेवा प्रदायकको एक स्वर : ‘क्लिन फिड अव्यवहारिक’, मिडिया बन्द हुन सक्ने खतरा



काठमाडौं । सरोकारवालाले सरकारले हचुवामा क्लिन फिड लागु गर्न लागेको भन्दै विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी पर्ने जिकिर गरेका छन् । काठमाण्डौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यले सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागु गर्न खोजेको आरोप लगाए । उनले भने,‘यही अवस्थामा यो विद्येयक कार्यान्वयन भए व्यवसाय नै धराशयी बन्छ ।


सरकारले भिजिट नेपाल २०२० मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद भएको उनले टिप्पणी गरे । उनले विदेशी विज्ञापनको ठाउँमा नेपाली विज्ञापन बजाउने हो भने आपत्ति नरहेको जिकिर गरे । ‘क्लिन–फिड’ लागु भए नेपालका लोकल मिडिया पनि बन्द हुन सक्ने उनले खतरा औंल्याए ।  विद्येयकका बारेमा छलफल गर्नको लागि विभागी मन्त्रीसँग भेट्न खोज्दा भेट नै नदिईएको पनि उनले गुनासो पोखे ।

डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाईएको बताए । क्लिन फिड लागु भए नेपाली च्यानल मात्रै हेरेर केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ ।
उनले भने,‘यदि यो विद्येयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई वुझाउँछौं ।’ उनले समस्या समाधानको लागि सम्वाद गर्न सरकारसँग आग्रह गरे । आचार्यले आफुहरु क्लिन फिडको विरोधी
नभएको जिकिर गरे ।

नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको दाबी गरे । उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै  विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याईयो भन्दै प्रश्न समेत गरे । उनले भने,‘यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अरवौंको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ ।’

हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गरेको पनि स्पष्ट पारे । उनले केबुल बन्द कसैको विरोधमा नभएको पनि जिकिर गरे । ‘अपरेशन कष्ट’ नउठे बन्द गर्ने उनले स्पष्ट पारे । संसारभरि अन्त कतैपनि क्लिन फिड लागु नभएको जिकिर गरे ।

स–शुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिन फिड लागू गर्नेबारे सरकारको तयारी नपुगेको दाबी गरे । आफूहरुले सरकारको विरोध नगरेको समेत उनले जिकिर गरे । सरकारको विरोध नगरेको उनले जिकिर गरे । तर, हिजोदेखि आज दिउँसो ३ बजेसम्मे २४ घण्टाका लागि गरिएको विदेशी च्यानल वन्द रिहर्सल भएको उनको प्रतिक्रिया थियो ।

कतिपय मिडियाले आफुहरुको उक्त रिहर्सललाई दादागिरीको संज्ञा दिएपनि बास्तविकतामा त्यस्तो नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘क्लिन फिड लागु नै नगर्ने आफुहरुले नभनेको तर वार्तामार्फत समस्या हल गर्न आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्