संघर्षले स्थापित कुशल, सानै उमेर यति ठुला जिम्मेवारी अनि सफलताका यी कथा



कुशल श्रेष्ठ, सिन्धुली गोलाञ्जोर गाउँपालिकाका स्थायी वासिन्दा । हाल काठमाडौं महानगरपालिका वानेश्वरको बसाई । संघर्षबाट सफलता उन्मुख एक युवा व्यवसायी । यसै कारण धेरैका लागि कुशल प्रेरणाका श्रोत पनि । २९ बर्षे उमेर त्यत्ति परिपक्क त होइन।

धेरैले कमै विश्वास गर्लान, यत्ति कम उमेरमै उनले व्यवसायमा फड्को मारेका छन् । दुख र संघर्ष गर्दै अहिले काठमाडौंमा होटल व्यवसायीको रुपमा उनको भिन्न परिचय बनेको छ ।

१० वर्षको कलिलो उमेरमा उनी आएका थिए, काठमाडौंमा । उनी एक्लो त थिएनन्, तरपनि आफू जन्मिएको र हुर्कीएको भन्दा धेरै परको यो शहर । आफूलाई रमाउन मात्र पनि कम्ती कठिन थिएन । होटल व्यवसाय उनको खान्दानी पेसा । दाजु हिमाल श्रेष्ठ र कपिल श्रेष्ठ होटल व्यवसायमा संलग्न थिए । दाजु हिमाल श्रेष्ठ उनको उत्साहको विशेष पात्र हुन् ।

सुरुका दिनमा दाजु कपिल र हिमालकै संसर्गमा लागेर उनले होटल व्यवसायका बारे धेरै सिके र धेरै बुझे। यो होटल व्यवसाय यात्रामा दाजुहरु बिमल, निर्मल र अशोकले पनि उनलाई सधै प्रेरित गरे । दाजुहरुको सफलताले उत्साहित भएर अघि बढ्न प्रेरणा मिलेको उनी वताउँछन् ।

होटल व्यवसाय सुरु सुरुमा गाह्रो भयो । व्यवस्थापन गर्न निकै असहज भयो । तर दाजुहरुको सहयोगले निकै सहज बनायो । कुशल भन्छन्, एक्कल जिम्मेवारी भनेको जिम्मेवारी नै हो।

उनका दाजुहरुबाट चलाइएको कमलपोखरीमा रहेको कमल होटलकै कारण उनले यो व्यवसायका बारे धेरै जान्ने मौका पाएका थिए । ‘टिनएज’ भर्खर सकिएका उनी त्यो रमाइलो र ठ्ट्यौलीमा समय विताउने समयमा पनि व्यवसायीक क्षेत्रमा चासो दिए । कमल पछि श्रेष्ठ परिवारले नक्सालमा होटल बृहस्पती सुरु गरे ।

उनको लगनशिलता र खुवी देखेर दाजुहरुले यी भर्खरका ठिटालाई पनि होटलको सिंगो जिम्मेवारी दिन लायक ठाने । उनले पनि व्यवसायमा आफूलाई अब्बल नै राखे । बृहस्पति होटल निकै कुशलताका साथ कुशलले हाकिरहेका छन् । झण्डै चालिस कर्मचारीका साथ होटल बृहस्पति उनले हाकिरहेका छन् ।

यसैकारण, उनको यात्रा अझ फराकिलो बन्यो । गौशालामा अर्को होटलको सुरुवात भयो, यसै परिवारवाट ।

गौशालामा रहेको बाग्मती होटल उनीहरुले सुरु गरेको तीन बर्ष पुग्दैछ । कमलले निर्देशकको जिम्मेवारी पुरा गरे । यसै विचमा उनको व्यसायीक कदम यत्ति सफल ठहरियोकी त्यसको एक बर्ष पछि नै गौशालामा रहेको होटल आरती पनि उनकै नेतृत्वमा सञ्चालनमा आयो । कुशल आजभोली चेन होटल सञ्चालनको सोचमा पनि छन् ।

गत बर्षको अन्त्यमा उनले ‘सालीग्राम टुर्स एन्ड ट्राभल्स’ को स्थापना गरे । उनको नेतृत्वमा रहेका सबै व्यवसाय सफलतातर्फ उन्मुख छन् । यसकारण पनि झन उत्साहित छन् कुशल ।

कुशल सामाजिक संस्थामा सक्रिय हुन्छन् । उनी रोटरी लाइन्स जस्ता सामाजिक संघ संस्थामा पनि आवद्ध छन् । होटल व्यवसायमा लाग्ने युवालाई कुशलको सुझाव छ, ‘लगातार मिहेनत, इमान्दार र आफ्नो काम ध्यान एकै क्षेत्रमा केन्द्रित गरे सफलता पाउन कठिन हुदैन । कुशलको सफलताको कथा यहि नै हो ।’

हौसिएका छैनन् कुशल, अझ सचेत छन् , कुशल भन्छन्, ‘लामो जिन्दगीको एउटा सानो यात्रा पार गरेको छु’ । अझ गर्न धेरै बाँकी छ ।’

प्रतिक्रिया दिनुहोस्