वन मन्त्री बस्नेतले आज स्नातकोत्तर तह पहिलो वर्षको दोस्रो पेपेरको परिक्षा दिए



काठमाण्डौं । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले मास्टर डिग्री अध्ययन गरीरहेका छन् । मन्त्री बस्नेतको हाल राजनीतिशास्त्रमा स्नातकोत्तरको परिक्षा चलिरहेको छ ।
पूर्वगृहमन्त्री समेत रहेका वन मन्त्री बस्नेतले आज स्नातकोत्तर तह पहिलो वर्षको दोस्रो पेपेरको परिक्षा दिएका छन् ।

बस्नेतले गत विहिवार पहिलो पेपर राजनीतिक सिद्धान्त तथा विश्लेषणको परीक्षा दिएका थिए ।  परीक्षा सेन्टर नयाँ वानेश्वरस्थित गोल्डेनगेट कलेजमा झण्डावाला गाडीसहित परीक्षा दिन बस्नेत पुग्दा एकछिन त्यहाँ कौतुहलपुर्ण वातावरण बनेको थियो ।
परीक्षा दिन मन्त्री झण्डावाला गाडीसहित आएपछि विद्यार्थीले निकै अनौठो मानेका थिए ।

प्रतिक्रिया दिनुहोस्