Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

नेपाल र भारतको नुनमा खतरनाक केमिकल



नेपाल र भारतमा प्रयोगमा आएका आयोडिनयुक्त नुनमा खतरनाक केमिकल पाइएको भन्दै अनुसन्धान सुरु भएको छ । वेष्ट एनालाइटिकल ल्याब्रेटोरिजको एक अनुसन्धान अनुसार एक किलो आयोडिन नुनमा १.८५ देखि ४. ७१ मिलीग्रामसम्म पोटासियम फेरोनाइनाइसाइड पाइएको छ । जुन केमिकलले क्यान्सर गराउने सम्भावना हुन्छ ।
अमेरिका र जर्मनी लगायत विश्वका धेरै देशमा यसलाई प्रतिवन्ध गराइए पनि भारतमा यसलाई निर्वाध प्रयोग गरिएको छ । नेपालमा पनि नुन भारतवाट आउने भएका कारण यो जोखिमयुक्त मानीएको छ । टाटाले भने विज्ञप्ती जारी गर्दै आफ्नो उत्पादनमा कुनै समस्या नभएको दावी गरेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्