‘तीन बर्षमा सबै नेपालमा घरमा बिजुली पुग्छ’उर्जा मन्त्री पुन



ऊर्जा,जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले अबको तीन वर्षमा सबै नेपालीको घरमा बिजुली पु¥याउने उद्घोष गरेका छन् । ‘ अहिले अघि बढाइएका २२ वटा आयोजनाबाट अबको तीन वर्षमा ३ हजार ५ सय मेगावाट विद्युत् उत्पादन हुन्छ । ’सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक २०७६ अन्तरगत ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै पुनले सो कुरा बताएका हुन् ।
देशमा छरिएर रहेका सबै पैसालाई एकीकृत गरी विद्युत् उत्पादन गरे सम्भावना हुने त्रिशूली‘ए’तेस्रोले पुष्ट गरेको उनको भनाइ छ । उनले मुलुकको हितमा केन्द्रित रहेर विद्युत् आयोजना अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्