प्रकाश सपुत भन्छन्,‘यो जीवनकै महत्त्वपूर्ण पुरस्कार’



यस वर्षको जगदम्बा श्री पुरस्कार पाए पछि गायक प्रकाश सपुतले श्रोतासँग यसको खुसी साटेका छन् । ‘ गलबन्दी ’ गीतका लागि उनी र शान्ति श्री परियारले नव प्रतिभा पुरस्कार  पाएका हुन् । उनले आफ्नो फेसबुक स्ट्याटसबाटै श्रोता सहित मोडल अञ्जलि अधिकारी,ए रेन्जर कमल सोराग,स्टुडियाका प्राविधिक लगायत गीत रेकर्डिङमा संलग्न सबैलाई आफ्नो सफलताको श्रेय दिन चाहेको बताएका छन् । झापामा भएको ‘गलबन्दी नाइट’ कार्यक्रमका लागि त्यस तर्फ जानु अघि उनले पोस्ट गरेको स्ट्याटसमा आफ्नो जिन्दगीको यात्रा धेरै बाकी भएको र यो एउटा सुरुवात मात्र भएको प्रतिक्रिया दिएका छन् ।उनले यो पुरस्कारलाई जीवनकै महत्त्वपूर्ण पुरस्कारको रूपमा हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्