ललितले फिर्ता गरे बेरुजु बापतको रकम



मेचीनगर नगरपालिका ६ का अध्यक्ष ललित तामाङले प्रदेश कानुन बन्नु भन्दा अघि मासिक भत्ता बापत लिएको ६५ हजार फिर्ता गरेका छन् । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्ष तामाङले मङ्गलवार नगरपालिकामा गएर सो रकम फिर्ता गरेकी हुन् । स्थानीय तहको निर्वाचन पछि २०७४ पुस २७ गते मेचीनगर नगरपालिकाको पहिलो साधारण सभाले जन प्रतिनिधिको सेवा सुविधा तोक्ने क्रममा वडा अध्यक्षलाई मासिक २३ हजार ५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।
२०७५ को जेठ १३ मा प्रदेश १ ले नगर तथा गाउँ पालिकाका प्रतिनिधिको सेवा सुविधा सम्बन्धमा पारित गरेको कानुनमा नगरपालिकाका वडा अध्यक्षको मासिक भत्ता २० हजार रुपैयाँ मात्र हुने निर्णय गरेको थियो । महालेखा परीक्षकको प्रतिवेदनमा प्रदेशको कानुन बन्नु अघि लिएको बढी सेवा सुविधा बेरुजु मा राखेर जनप्रतिनिधिबाटै असुल गर्नुपर्ने उल्लेख छ ।
मेचीनगर नगरपालिकाका प्रमुख,उपप्रमुख,वडा अध्यक्ष र कार्यपालिका सदस्य लगायत जनप्रतिनिधिले प्रदेश कानुन बन्नु अघि बढी सेवा सुविधा लिए बापत बेरुजु मा परेको मासिक भत्ता ४५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्