गृहमन्त्रीबाट हज गर्न जानेलाई बिदाइ



गृहमन्त्री राम बहादुर थापा बादलले साउदी अरबको मक्का मदिना हज गर्न जाने हजयात्रीलाई बिदाइ गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हज यात्रीलाई बिदाइ गरेका हुन् । बुधवार पहिलो चरणको हज गर्नका लागि त्यस तर्फ जान लागेका हुन् ।
सो अवसरमा मन्त्री थापाले धर्म निरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई हज गर्नका लागि मक्का मदिना पठाइन लागेको बताए । बिदाइ गर्न परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पनि विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्