Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

छवि र शिल्पा विरुद्ध मुद्दा



चलचित्र निर्माता छवि ओझा विरुद्ध बहुविवाह विरुद्धको उजुरी परेको छ । उनकी पत्नी हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छवि विरुद्ध मुद्दा दर्ता गरेकी हुन् । उजुरीमा हेमाले आफसंग २०४१ सालमा विवाह गरेका छविले फेरी विवाह गरेको छविले फेरी अर्को विवाह गरेको बताएका छन् । पछिल्लो समय नायिका शिल्पा पोख्रेलले छवि विरुद्ध घरेलु हिंसा विरुद्ध मुद्दा हालेकी थिइन् ।
साउन ३ गते हेमाले छवि र शिल्पाको विवाहको कागजात फेला पारे पछि मुद्दा दर्ता गरेकी हुन् । उनलाई कानुनी सरसल्लाहमा सहयोग गर्दै आएका अधिवक्ता स्वागत नेपालले कागजात फेला परे पछि बहु विवाह गर्ने आधार तयार भएको प्रतिक्रिया दिएका छन् । पूर्व पत्नीसँग सम्बन्ध विच्छेद नभएका कारण छवि सजायको भागीदार हुने अधिवक्ता नेपालले बताएका छन् । नेपालले छवि र शिल्पालाई पाँच वर्ष जेल जान सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्