ललितपुरको ग्वार्कोमा मेगा मोटर्सको अर्को सोरुम खुल्यो



ललितपुर । ललितपुरको ग्वार्कोमा मेगा मोटर्सले अर्को सोरुम विस्तार गरेको छ । मेगा मोटर्सले नेपालमा निसान र डयाटसन गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पको डिलरको रुपमा काम गर्दै आएको छ । करिब एक वर्षदेखि निसान र डयाटसनको गाडी वेच्दै आएको मेगा मोटर्सले आठौ वार्षिकोत्सव पनि मनाएको छ ।

सो अवसरमा पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सरडाले एक कार्यक्रमकाविच सोरुम उद्घाटन गरेका हुन् । आगामी दिनमा निसान र डयाटसनका थप नयाँ मोडलका गाडी समेत नेपाल भित्राउने जानकारी उनले दिए ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका सचिव अनुपकुमार बरालले अटोमोबाइल मोबिलिटी जोडिने र मोबिलिटी बिना जीवन नै असम्भव हुने भएकाले यसलाई विलाशिलताको साधनको रुपमा मात्र हेर्न नहुने बताए ।

मेगा मोटर्सका म्यानेजिङ डाइरेक्टर महेश पालले आगामी दिनमा समेत यो क्षेत्रमा थप विश्वसनिय कार्य गर्ने बताए ।  उनले उपभोक्ताको हित नै पहिलो प्राथमिकता रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्