Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

सिबीआरको शिक्षक कोटा गायब



अपाङ्गता भएका विद्यार्थी पढाउँदै आएको सिबीआर अर्थात् समुदायमा आधारित पुनर्स्थापन केन्द्रको सात वटा राहत शिक्षक कोटा नै गायब भएको छ तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट सिबीआरका लागि भनी दिइएको सात राहत शिक्षकको कोटा स्थानीय निकाय पुग्दा कार्यालयले गायब गराएको तथ्य बाहिर आएको हो । सिबीआरले पत्रकार सम्मेलन गर्दै आफ्नो राहत कोटा गायब भएको जानकारी दिएको हो । अपाङ्गता भएकाका लागि भक्तपुरका दुई र मध्यपुर ठिमी नगरमा एक गरी तीन वटा विशेष स्कुल सञ्चालन गर्दै आएको संस्थाको नै कोटा गायब गराएको तथ्य बाहिर आएको हो ।
सो स्कुलमा १५ जना बहिरा तथा ६३ बौद्धिक, अटिजम र बहुअंपगता भएका गरी ७८ जना अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्