बाढीले बगायो घर



अविरल वर्षापछि आएको बाढीले रुपन्देहीको ढवाहमा एउटा घर बगाएको छ । ढवाह वडा न १२ पिसपार्क नजिकै रहेको दीपक विकको घर राती १ बजे सतबरी खोलाले बगाएको हो । बाढीको सम्भावनालाई मध्यनजर गर्दै मङ्गलवार नै त्यस वरपर सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा खोलामा जाली तथा ढुङ्गाको पर्खाल लगाए पनि गए राती आएको ठुलो बाढीको कारण घर बगाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्