छवि र शिल्पालाई पक्राउ पूर्जी



निर्माता छवि ओझा तथा नायिका एवं छविकी पत्नी शिल्पा पोख्रेललाई पक्राउ पुर्जी जारी भएको छ । बहु विवाह असुर अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । दुई दिन अघि पहिलो पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा उजुरी दिए पछि यसको फाइल एक दिन पछि टेकु पुगेको हो ।
मुद्दा दर्ता प्रक्रियामा हेमालाई सहयोग गरिरहेका अधिवक्ता स्वागत नेपालले यो कसुरमा दुवैजनालाई जेल चलान हुन सक्ने वताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्