Logo
बुधबार, २५ मङि्सर २०७६
(Wednesday 11th December 2019)

तामाकोसी तेस्रो ५० करोड डलर लगानीमा बन्ने



दुई चिनिया कम्पनीले नेपाली कम्पनीसँग मिलेर संयुक्त रूपमा तामाकोसी तेस्रो जलविद्युत परियोजना निर्माण गर्ने भएका छन् । परियोजनामा करिब ५० करोड अमेरिकी डलर लगानी हुने छ । यस सम्बन्धी संयुक्त विकास फ्रेम वर्क सम्बन्धी सम्झौता पत्रमा बिहीबार उर्जामन्त्रालयमा उर्जामन्त्री वर्षमान पुन र युनान प्रान्तका भाइस गभर्नर झाङ गुहुवाको उपस्थितिमा हस्ताक्षर भएको हो ।
चीनको वाइइआइजी इन्टरनेशनल,सांघाइ इन्भेष्टिगेसन, डिजाइन एन्ड रिसचए इन्स्टीच्युट कम्पनी लिमिटेड र नेपालको टिबीआइ होल्डींगसविच सम्झौता पत्र आदानप्रदान भएको हो । कार्यक्रममा बोल्दै उर्जामनत्री पुनले यो परियोजनाको सफलताको शुभकामान दिए ।

प्रतिक्रिया दिनुहोस्