पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा पुनः ढकाल चयन



काठमाण्डौं । पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाल चयन भएका छन् । पछिल्लो समयका सफल उद्योगी, व्यवसायी ढकाल मञ्चको दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चनन भएका हृन् । नवनिर्वाचित अध्यक्ष ढकाल ग्लोबल आइएमई बैंक, आइएमई गु्रप र चन्द्रागिरी हिल्स प्रालिका अध्यक्ष हुन् ।


मञ्चको उपाध्यक्षमा धौलागिरीबाट ज्ञानेन्द्रविक्रम महत, गण्डकीबाट मदन महत, लुम्बिनीबाट शोभाकार न्यौपाने निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा यादव भट्टराई, सचिवमा नारायणप्रसाद तिमिल्सीना र कोषाध्यक्षमा योगराज कँडेल शर्मा चयन भएका छन् ।

त्यस्तै साविकका तीन अञ्चलका सवै जिल्लाबाट कार्यसमितिमा १७ जना सदस्य निर्वाचित भएका छन् । मञ्च साविकको पश्चिमाञ्चल विकास क्षेत्रका तीन अञ्चल गण्डकी, धौलागिरी र लुम्बिनीलाई समेटेर त्यस क्षेत्रको विकास लागि खोलिएको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्