शहरी विकास तथा भवन निर्माण विभागका कैलाली आयोजना प्रमुख वाग्ले उत्कृष्ठ कर्मचारी



काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कैलालीका आयोजना प्रमुख सुरेशकुमार बाग्ले यस वर्षको उत्कृष्ठ कर्मचारी ठहरिएका छन् ।

विभाग अन्तर्गत २०७५, ७६ मा सञ्चालित आयोजना समयमा नै पुरा गरेको, व्यवस्थापनमा अव्वल देखिएको, बेरुजु फछयौट एवं व्यवस्थापन सुधारमा उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै मन्त्रालयले प्रशंसा पत्र प्रदान गरेको हो ।

निकै लगनशिल आयोजना प्रमुख बाग्ले २०७५, ७६ मा सञ्चालित आयोजना पुरा गर्न दिनरात खटिएका थिए । टिम वर्क गर्न निकै मन पराउने बाग्ले त्यसकारण तोकेको जिम्मेवारी पुरा गर्न सफल भएको विभागका कर्मचारी बताउँछन् । सिनियर इन्जिनियर, बाग्ले इन्जिनियरिगं र व्यवस्थापनका कुशल कर्मचारी मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्