पोष्ट ग्रयाजुयट डिप्लोका विद्यार्थीलाई सुमार्गीको काउन्सेलिङ



काठमाण्डौं । उद्योगी व्यवसायी अरुणराज सुमार्गीले शिक्षाको क्षेत्रमा समग्र सुधार नभएसम्म समाजिक सुधार नहुने बताएका छन् । आध्यात्मिक चिन्तक सुमार्गीले आफनै देशमा उपलव्ध स्रोत साधनको सहि उपयोग नभएसम्म दिगो विकास असंभव रहेको बताए ।

त्रिचन्द्र क्याम्पसका पोष्ट ग्रयाजुयट डिप्लोमा इन काउन्सेलिङ साईकोलोजीका विद्यार्थीलाई काउन्सेलिङ गर्दै उनले पहिले आफ्नै मानसिकतामा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए ।
मजदुर र प्राज्ञिक दुवै नागरिक विदेश पलायनको मुल कारण व्यवहारिक शिक्षाको अभाव भएको उनको तर्क थियो ।

पोष्ट ग्रयाजुयट डिप्लोमा इन काउन्सेलिङ साईकोलोजीका विधार्थीलाई विदेशिने क्रम रोक्ने उपाए सुनाउँदै सुमार्गीले समग्र शिक्षाको सुधारले सामाजिक र आर्थिक सुधार ल्याउने जिकिर गरे ।

धर्म, संस्कार, दर्शन, अर्थवेदका जानकार सुमार्गी व्यवसायीक घरानाका आध्यात्मिक व्यवसायी पनि हुन् । रुपचन्द्र विष्ट, योगी नरहरीनाथ लगाएतका व्यक्तिवाट प्रभावित सुमार्गीले २ घण्टा अध्यापन गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्