‘बुद्धिमानी र धैर्य अपनाउँदा सेयर व्यवसाय राम्रो हो,’ युवा व्यवसायी बराल



युवा व्यवसायी राजकुमार बराल । भर्खर ३१ बर्से उमेर दौडँदै रहेका यी युवामा रहेको ब्यवसायीक परिपक्वता भने अचम्म लाग्दो छ । साथै धेरै युवाका लागि प्रेरणाको श्रोत पनि । बाशेश्वर मंगला बचत तथा श्रृण सहकारी संस्थाका कार्यकारी प्रमुख समेत रहेका बरालसँग गरिएको कुराकानीको सार सङ्क्षेप

यस क्षेत्रमा कहिले र कसरी प्रवेश गर्नु भयो ?
म काठमाडौँमा आउँदा दाइ र अङ्कलहरू गफ गरेको सुन्थे ।एक सय रुपैयाँ एक कित्ताको सेयर दुई हजार, चार हजार पुगेको कुरा गर्नु हुन्थ्यो । यसले गर्दा मलाई शेयर बजारप्रति कौतूहल जाग्यो र शेयर बजारमा प्रवेश गरे ।

०६२ तिरको कुरा हो,जुन समय नेपालमा  धेरै नयाँ ,बैङ्क तथा वित्तीय सस्थाँहरु  खुले यसले मलाई शेयर बजारमा एक स्थान माथि पु¥यायो । यसले सेयरलाई एक स्थान  माथि पु¥यायो । यसले शेयर कारोबार गर्न इच्छुकहरूलाई सहयोग ग¥यो र म पनि यसमा समाहित भए ।

सुरुको अनुभव भन्नु बताइदिनुस न । कस्तो सोचेर आउनु भएको थियो ?
म आफ्नो क्यारियर बनाउने सन्दर्भमा काठमाडौँमा सङ्घर्ष गर्दै थिए । त्यो समयमा म न्युरोडमा काम गर्थे । जहाँ शेयर बजारमा अग्रजहरू आवतजावत गर्नु हुन्थ्यो । उहाँहरु शेयर बजारको कुरा गर्नु हुन्थ्यो । त्यहाँ आवतजावत हुँदा धेरै कुरा जान्ने मौका पाए । उहाँहरूको कुराले म शेयर बजार प्रति आकर्षित भए । मेरो शेयर बजारमा प्रवेश नै सेकेन्डरी मार्केटबाट हो ।

आज १० हजार रुपैयाँ लगानी गरेर भोलि नै २० हजार कमाउने मेरो सोच रहेन ।  बरु आजको १० हजारको १० वर्ष पछि १० लाखसम्म हुन सक्ने सम्भावनालाई हेरेँ ।

मैले ०६२ सालमा केही आफैले जम्मा गरेको र केही ऋण गरेर १० ,२० हजारको शेयर खरिद गरेँ जुन आज लाखौँ भएको छ । केही समय पश्चात् मैले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिई कुनै कम्पनीको शेयर २० लाख रुपैयाँमा खरिद गरेको थिए । यसको मूल्याङ्कन नेप्से १८८१ हुँदा १२÷१३ करोड रुपैयाँ सम्म पुगेको थियो ।

जुन आज घटेको समयमा पनि ५ ÷६ करोड रुपैयाँ बराबरको मूल्याङ्कन छ । यसले गर्दा एउटै कम्पनीको शेयरले गर्दा शेयर बजारमा फड्को मार्न सफल भइने रहेछ । यसरी सोच विचार गरेर सही निर्णय गरी लगानी गरेमा यसले नतिजा सकारात्मक पनि दिने रहेछ ।

पछिल्लो पुस्ताका व्यवसायीलाई के भन्न चाहनु हुन्छ ?
मेले अघि नै भनेको थिए, शेयर बजारमा आजको भोलि कमाउँछु भन्ने भावना राख्नु हुँदैन । लगानी गर्दा धैर्य राख्न सक्नु प¥यो । शेयर बजारमा मात्र होइन जुनसुकै व्यवसाय गर्दा पनि धैर्य राख्न सक्नु पर्छ । धैर्य नराखी आजको भोलि कमाउँछु भन्ने खोज्दा यसले नतिजा दिन सक्छ ।

अहिले शेयर बजार घट्ने क्रममा रहेको छ । यस्तो समयमा दुखित हुनु भएन । अहिले लगानी गर्ने समय हो । अहिले गरेको लगानीले ८÷९ प्रतिशतसम्म प्रतिफल साथै शेयरको मूल्यले पनि दोहोरो प्रतिफल दिन्छ ।

आजका युवाहरूमा कुनै पनि काम गर्दा आजको भोलि नै प्रतिफल दिन्छ भन्ने महत्त्वाकाङ्क्षा छ । जसले गर्दा व्यवसाय नै धरापमा पर्न सक्छ । तसर्थ कुनै पनि व्यवसाय गर्दा धैर्य राख्न सक्नु पर्छ ।

पछिल्लो समय त सेयर बजार त्यत्ति ठिक छैन भन्छन् नि ? यसले तपाइलाँइ असर गरेको छैन ?

शेयर बजार कारोबार गर्ने भए पछि बजार घट्दा असर गरी हाल्छ । तर म लामो समय सोच्ने भएकाले यसैमा दुखित भएको छैन । मैले ०६२ सालबाट कारोबार गरेर अहिलेको समयसम्म धेरै उतारचढाव देखेको छु । जस्तै ०६२ साल देखि ०६५ सालसम्म आउँदा बढ्दा गरेको मार्केट ११७५ सम्म पुगेको थियो ।

त्यो मार्केट ०६५ भदौबाट घट्न लागेर ०६५ चैतसम्म आइपुग्दा मार्केट २९२ पुगेको पनि मैले देखेँ , जुन बेला २ करोडको पोर्टफोलियो घटेर ५० लाख सम्म आइपुगेको थियो ।

यसै गरी, ०७३ साउनमा मार्केट १८८१ पुग्दा पोर्टफोलियो बढेर २५ ÷२६ करोड रुपैयाँ सम्म पुगेको छ । अहिले मार्केट घटेको समयमा पोर्टफोलियो यसै दरमा घटेको छ । शेयर बजारमा कहिले घट्ने, कहिले बढ्ने भइरहन्छ । अहिले घटिरहेको अवस्था रहे पनि यो रही रहँदैन । बजारले फड्को मार्छ, पुरानो रेकर्ड तोडेर अगाडि बढ्नेमा शङ्कै छैन ।

तसर्थ शेयरबजारमा कारोबार गर्दा दुखित नभई धैर्य राख्नु पर्छ । शेयर बजार अत्यन्त संवेदनशील बजार हो । यस क्षेत्र सम्बन्धी नीति नियम परिवर्तन गर्दा सम्बन्धित निकायहरूले सावधानी अपनाउन जरुरी छ ।

तपाइको अन्य व्यवसाय र सामाजिक गतिविधि ?

म शेयर बजारको अतिरिक्त फर्निचरको कारोबारमा संलग्न छु । साथै द स्किन हेल्थ एन्ड रिहाबीलेसन सेन्टरमा लगानी गरेको छु । यहाँ छाला तथा कपाल सम्बन्धी रोगको उपचार हुन्छ । म बाशेश्वर मंगला बचत तथा ऋण सहकारी संस्थामा कार्यकारी प्रमुखको रूपमा काम गर्छु ।

सामाजिक गतिविधिको कुरा गर्दा मैले अहिले दुई जना बच्चालाई पढाउन सहयोग गरेको छु । साथे अन्य सामाजिक कार्यका लागि १५ लाख रुपैयाँ बराबरको आवधिक बचत जम्मा गरेको छु । भविष्यमा अन्य सामाजिक कार्य गर्नका लागि फाउन्डेसन स्थापना गर्ने सोचमा छु ।  मैले गर्ने यस्ता सामाजिक काममा गर्ने खर्च ५० प्रतिशत भन्दा बढी चाहिँ म जन्मेको ठाउँ घोक्सीलामा खर्च गर्ने सोचमा छु । ।

प्रतिक्रिया दिनुहोस्