पैसा ह्याक गरेर आणविक गतिविधि गर्ने उत्तरकोरियाको नीति



आणविक कार्यलाई तीव्रता दिएको उत्तर कोरियाको अर्को भयानक रहस्य बाहिरिएको छ । उत्तर कोरियाले आणविक कार्यका लागि चाहिने पैसा जोहो गर्न विभिन्न देशका बैङ्क र वित्तीय मुद्रा ह्याक गरिरहेको निष्कर्ष संयुक्त राष्ट्र सङ्घको छ । उत्तर कोरिया माथिको प्रतिबन्ध निगरानी गर्न बनेको समितिले उत्तरको रियाले ह्उयाकिङबाट २ अर्व डलर जम्मा पारेको जनाएको छ । उत्तर कोरियाको निशानामा नेपाल पनि परेको छ।
उत्तर कोरियाली ह्याकर समूह लजा रस ग्रुपले २०७४ मा एक वाणिज्य बैङ्कबाट साढे ४६ करोड रुपैयाँ भन्दा बढी चोरेको थियो । ह्याकरले चार करोड रुपैयाँ लिए पनि अन्य रुपैयाँ लिन पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्