काजक्रिया गरेको २५ वर्ष पछि घर फिर्ता



रुकुममा एउटा आश्चर्यजनक घटना भएको छ । एक जना पूर्व लडाकु काज क्रिया गरिएको १५ वर्ष पछि घर फर्किएका छन् । सानो भेरी गाउँपालिका ११ का उमेश विश्वकर्मा परिवारले मृत्यु भएको ठानेर परिवारमा ०६१ सालमै उनको काजक्रिया गरेको थियो । परिवार र पार्टीले खोजी गर्दा नपाए पछि मरेको ठानेर काज क्रिया गरिएको थियो । तीनै विश्वकर्मा यसै साउन १९ मा घर फर्किए ।
२० वर्षको उमेरमा खारा युद्धमा घाइते भएका उनी सबैले छाडे पछि भागेर भारत गएर जन जोगाएका थिए । तत्कालीन समयमा अविवाहित उनी अहिले श्रीमती र छोराछोरीका साथ आएका छन् ।(नागरिकबाट)

प्रतिक्रिया दिनुहोस्