एजेन्सीहरुले दिएको जानकारी अनुसार अहिलेसम्म ५०० जना पक्राउ



एजेन्सी । भारत स्वशासित कास्मिरमा सयौं पक्राउ परेका छन् । सुरक्षा निकायको सुचना उदृत गर्दै एजेन्सीहरुले दिएको जानकारी अनुसार अहिलेसम्म ५०० जना पक्राउ परेका छन् । नरेन्द्र मोदी नेतृत्व सरकारले संविधानको धारा ३७० खारेज गरेपछि सेनाले यत्ति ठुलो मात्रामा मानिस पक्राउ गरेको हो ।

हिंसा भड्किने डरले ठुलो मात्रा सुरक्षाकर्मी तैनाथ गरिएको छ । यता, एक विपक्षी कार्यकर्ताले सञ्चार माध्यममा लगाईको प्रतिवन्ध र सुरक्षा परिचालन तत्काल हटाउन माग गर्दै अदालतमा मुद्धा दायर गरेका छन् । ठुलो संख्यामा नेता कार्यकर्ता नजरबन्दमा छन् । लामो समयदेखि भारत पाकिस्तानले कास्मिर आफनो दाबी गर्दै आएका छन् ।

त्यसले भारत पाक युद्ध समेत हुँदै आएको छ । यो संविधानको धारा खारेजीले पनि भारत पाकिस्तान युद्ध हुने आकँलन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्