Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

फ्रान्सकी महिला व्यवसायी कटुवालको एनआरएनएआईसीसी सदस्यमा उम्मेदवारी



फ्रान्स । गैर आवासीय नेपाली संघ एनआरएनए फ्रान्सको आठौ अधिवेशन नजिँकिदै जाँदा विभिन्न पदमा उम्मेदवारी दिने क्रम जारी छ । यसैगरी फ्रान्सकी महिला व्यवसायी मैया कुटवाल जीताले एनआरएनएको आईसीसी सदस्यमा उम्मेदवारी दिएकी छिन् ।

लामो समयदेखि फ्रान्समा व्यवसाय गर्दै आएकी कटुवाल विगत एक दशकदेखि एनआरएनएमा सक्रिय छिन् । सामाजिक कार्यमा समेत निकै सक्रिय कटुवालले एनआरएनए फ्रान्सको विभिन्न पदमा वसेर काम गरिसकेकी छिन् ।

एनआरएनए फ्रान्सबाट पहिलो पटक आईसिसि सदस्यमा महिलाको उम्मेदवारी परेको हो ।

प्रतिक्रिया दिनुहोस्