‘काठमाडौँ कुनै हालतमा राजधानी हुँदैन,’ मुख्यमन्त्री पौडेल



प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी कुनै पनि हालतमा काठमाडौँमा राख्न नहुने दाबी गरेका छन् । उनले आफू निकट सञचरमाध्यमलाई बोलाएर यस्तो दाबी गरेका हुन् । उनले प्रदेश ३ को राजधानी र नाम एकै दिन सार्वजनिक हुने जनाएका छन् ।
उनले संविधानले दिएको अधिकार प्रयोग गर्नमा कुनै हालतमा पछि नपर्ने वताउदै सङ्घीयता विरुद्ध प्रधानमन्त्री सम्मले बोल्न नपाउने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्