Logo
आइतबार, २२ मङि्सर २०७६
(Sunday 8th December 2019)

एनआरएनए फ्रान्सको महासचिवमा श्रेष्ठको उम्मेदवारी, यस्ता छन उनका प्रतिवद्धता



फ्रान्स । गैर आवासीय नेपाली संघ एनआरएनए फ्रान्सको महासचिवमा मिन कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि एनआरएनए गतिविधीमा सक्रिय श्रेष्ठले महासचिवमा दाबी प्रस्तुत गरेका हुन् । नेपालको रामेछापस्थायी घर भएका श्रेष्ठ फ्रान्सका व्यवसायी समेत हुन् । यसअघि संस्थाको विभिन्न पदमा बसी इमान्दारीताका साथ उनले सक्रिय भुमिका निभाई सकेका छन् ।

महासचिवका लागि दाबी गर्ने श्रेष्ठका यस्ता छन प्रतिवद्धता,

मेरो अपिल
गैर आवसिय नेपाली राष्ट्रिय समन्वय परिषद फ्रान्सको महासचिवमा मेरो उम्मेदवारी

आदरणीय फ्रान्सवासी बुबा आमा, दाजुभाई, दिदीबहिनीमा हार्दिक अभिवादनसहित नमस्कार,म मिन श्रेष्ठ मेरो घर नेपालमा रामेछाप जिल्ला हाल फ्रान्समा लामो समयदेखि बस्दै आएको छु । म नेपालमा रहँदा पनी विभिन्न संघ संस्थामा आवद्ध रहि सामाजिक कार्य गरी सकेको छु र यहाँ फ्रान्समा आएर पनी समाजसेवा गर्ने भावनाले ओतप्रोत भई एनआरएनए फ्रान्समा २०१३ देखी सक्रिय रहदै २०१३, २०१५ को कार्यकालमा सहकोषाध्यक्ष, २०१५,२०१७ मा कोषाध्यक्ष र २०१७, २०१९ मा कोषाध्यक्ष भई आफ़नो जिम्मेवारी निर्वाह गरी रहेको छु।

मेरो समाज सेवाप्रतिको लगाव अहिलेसम्म काम गरेको अनुभव र योग्यताको आधारमा एन आर एन ए फ्रान्स २०१९, २०२१ कार्यकालको लागी मेरो महासचिव पदमा उम्मेदवारी घोषणा गर्दछु।
फ्रान्सवासी नेपाली समुदायको सल्लाह र सुझावले नै मलाई सहि निर्णयसम्म पुग्न मद्दत पुर्याउने हुदा यहाहरु सबैबाट सुझाव र सल्लाहाको अपेक्षा गर्दछु साथै यहाँहरूको अमुल्य मत दिई एनआरएनए फ्रान्समा महासचिवको रुपमा काम गर्ने अबसर दिनु हुन्छ भन्ने विश्वाश लिएको छु।

धन्यवाद

मेरो प्रतिवद्धताहरु
१, फ्रान्समा बसोबास गर्ने नेपाली समुदायलाई अझै एकताबद्ध र मजवुत बनाउदै फ़्रान्समा भएका संघ संस्थाहरुसंग समन्वय गरी अगाडी बढ्ने छु ।

२, महासचिवको हैसियतले गर्नुपर्ने संस्थामा रहेका कमीकमजोरीलाई सुधार गर्दै निर्णय अभिलेखन, बैठक व्यवस्थापन, सञ्चालन, आवहान र सबैलाई जानकारी प्रवाह गर्ने, सुसूचित गराउने छु।

३, फ्रान्समा कति नेपाली बसोबास गर्नु हुन्छ हामीसंग कुनै डाटा छैन् । अत, सबै संघसंस्था र नेपाली राजदूतावाससंग सहकार्य गरेर फ्रान्समा नेपाली जनसङ्ख्याको डाटा निकाल्ने प्रयास गर्ने छु।

४, नेपालिको आर्थिक सामाजिक उन्नतिका लागि सरकारी र अन्य निकायसंग सहकार्य गर्दै नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नेपाली पर्यटनको प्रवर्द्धनका लागि विभिन्न निकायसंग सहकार्य गर्दै सफल भ्रमण वर्ष बनाउन तिव्ररुपमा लाग्ने छु।

५, एनआरएनए फ्रान्सको हरेक गतिविधि सहि तरिकाले जानकारी दिनको निम्ति, procuration लाई निरुत्साहित गर्दै अनलाइन भोटिंगको व्यवस्था गर्नको लागि सुचना प्राविधीकको सल्लाह सुझाब अनुसार एनआरएनए फ्रान्सको आफ्नै  Mobile App  बनाउनमा पहल गर्ने छु ।

६, एनआरएनए राष्ट्रिय समन्वय परिषद फ़्रान्सको बिधानलाई टेकेर क्षेत्रिय एनआरएनए फ़्रान्स बिस्तारको लागी (LCC) तीव्ररुपमा पहल गर्ने छु ।

७, दोश्रो पुस्ताका नानी बाबुहरुलाई नेपाली भाषा, संस्कृति,साहित्य र कला सिकाउन स्थानिय संघ संस्थासंग सहकार्य गर्दै संचालन भईरहेको नेपाली पाठशालालाई अझै व्यवस्थित गर्ने छु।

८, एनआरएनए फ़्रान्स को स्थापनाकालदेखि हालसम्म लागी पर्नुभएका अभियन्ताको खोजी गर्दै परिचयसहित उहाँहरुले गर्नु भएको योगदानको स्मारिका प्रकाशन गर्न पहल गर्ने छु।

९, नेपाली कला, संस्कृति र प्राकृतिक सुन्दरतालाई फ्रान्समा चिनाउदै नेपालमा लगानी र नेपालको पर्यटन बिकासलाई टेवा पुर्याउने जस्ता कामलाई अगाडी बढाउन मेरो हरकदम पहल हुने छ ।

१०, केहि समय देखी फ़्रान्समा उच्चशिक्षा हासिल गर्नको लागी आउने विद्यार्थीको संख्या बढेसंगै उहाँ हरुको समस्या लाई रचनात्मक छलफल गर्दै समस्याहरुको पहिचान गरि समाधान खोज्न पहल गर्ने छु साथै नेपाली बिद्यार्थीहरुको संस्था( Nepali étudiants association de France 🇫🇷 ) संग सहकार्य गर्दै अगाडी बढने छु ।

११, फ्रान्सबासी नेपाली लाई सुख दुःखमा मेरो आर्थिकदेखी हरेक समस्याको लागी मैले गर्न सक्ने साथ र सहयोय निरन्तर रही रहने छ भन्ने पनी प्रतिवद्धता गर्द्छु ।

अन्त्यमा,
धेरै बोलेर ,लेखेर भन्दा पनी काम विश्वास गर्दछु र काम गरेर देखाउनु मेरो पहिलो वाचा र कर्तब्य पुरा गराउने विश्वास फ्रान्सवासी नेपाली समुदायलाई दिलाउँदै तपाईंको अमुल्य मत दिई एनआरएनए फ्रान्समा महासचिवको रुपमा काम गर्ने अवसर दिनु हुन्छ भन्ने विश्वाश लिएको छु।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्