Logo
आइतबार, २२ मङि्सर २०७६
(Sunday 8th December 2019)

कार्यवहाक प्रधानमन्त्री पोखरेलले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको पुष्टि गर्न दिए चुनौती



काठमाण्डौं । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफुले भेटेको पुष्टि गर्न सञ्चारमाध्यमलाई चुनौती दिएका छन् । नेकपाका सचिवालय सदस्य समेत रहेका रक्षा मन्त्री पोखरेले ट्वीटरमार्फत सत्यमा नपुगि समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यम र त्यसैको पछि लाग्ने विश्लेषकलाई पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको स्वतन्त्र पुष्टि गर्न चुनौती दिएका हुन् ।


उपप्रधानमन्त्री पोखरेलले आफैले नै ट्वीट गरेर भनेका छन्, निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षड्यन्त्रका तानाबाना बुनेको सनसनीखेज र शतप्रतिशत गलत समाचार छाप्ने केही ठुला छापाहरु, अनलाइनहरु तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरुप्रति खेद व्यक्त गर्दछु । पुष्टि गर नभए नैतिकता छ भने क्षमायाचना गर ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर जानु अघिल्लो दिन पोखरेलको सचिवालयले पनि रक्षामन्त्री पोखरेलले पुर्वराजा ज्ञानेन्द्रसँग भेटेको भन्ने समाचार गलत र भ्रामक भएको प्रष्टाएको थियो ।

नीजि सचिव लोकेन्द्र केसीले सामाजिक सञ्जाल फेसबुकमा नेपाल ट्रष्टको सम्पत्ती निरिक्षण गर्न गएको फोटो सार्वजनिक गर्दै साउन २० गने लेखेका थिए, नेपाल ट्रष्टको अन्तर्गत रहेको स्वर्गिय राजा वीरेन्द्रको नाममा रहेको सम्पत्तीको स्थलगत निरिक्षण गर्न ट्रष्टका अध्यक्ष समेत रहनुभएका कार्यवहाक प्रधानमन्त्री पोखरेल गत शुक्रवार महाराजगञ्ज, निर्मल निवासको पश्चिमगेट, शशस्त्र प्रहरीको क्षेत्र, लाजिम्पाट, टेकु, सोल्टीमोड, छाउनी पुगेको सत्य हो ।

तर, पूर्वराजा शाहलाई भेटेको समाचार मनगढन्ते कहानी भएको स्पष्टिकरण दिएका थिए । नेपाल ट्रस्टका सदस्य सचिव राजेश्वर ज्ञवालीले पनि निर्मलनिवास नजिकको ट्रष्टको सम्पत्ति रहेको क्षेत्रमा रक्षामन्त्रीको भ्रमणबारे प्रष्ट्याइसकेका थिए। उनले त्यसवेला पुर्वराजालाई कहि कतै नभेटेको बताईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्