Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

यसरी सतर्क रहने डेंगुबाट



धरानमा डेंगुको सङ्क्रमण बढेर जनजीवन प्रभावित भइरहेको समयमा पोखरामा पनि यसको सङ्क्रमण बढ्दो रूपमा देखिएको छ । पछिल्लो एक सातामा पोखरामा २१ जनामा डेंगुको सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्य गण्डकी मेडिकल कलेजमा आठ, फेवा सिटीमा आठ,पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक र अन्य अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।
एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको खोप तथा खास उपचार नै छैन । डेंगुबाट बच्न दिउसो नाङ्गो जिउ बाहिर निस्कन नहुने तथा फोहोर ठाउँमा जान नहुने चिकित्सकहरू वताउछन् । डेंगु दिउँसो मात्र सर्छ । जमेको पानी, आफू वरपर भएको खाली बोतल,अलकत्रा तथा मट्टितेलका खानी ड्रम र पुराना टायरमा लामखुट्टे बस्न नदिनु बच्ने राम्रो उपाय मानिन्छ ।
लामखुटेटेको टकोइवाट बच्न मलहम लगाउने,पानीको भाँडा घोप्ट्याएर राख्ने र गमलामा पानी रहन नदिने थप उपाय हुन् ।

प्रतिक्रिया दिनुहोस्