Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

मेरो माइक्रोफाइन्सको सिईओमा पुनः रामहरी दाहाल



काठमाण्डौं । मेरो माइक्रोफाइन्सको प्रमुख कार्यकारी अधिकृत सिईओमा पुनः रामहरी दाहाल नै नियुक्त भएका छन् । दाहाल थप ४ वर्ष कार्यकालका लागि नियुक्त भएका हुन् ।

विहिवारको सञ्चालक समितिको बैठकले दाहाललाई थप ४ वर्षका लागि सिईओमा नियुक्त गरेको हो । दाहालको कार्यकालमा मेरो माइक्रोफाइन्सले उत्साहजनक प्रगति हासिल गरेको थियो ।

यसैगरी सोही बैठकले निमित्त नायव प्रमुख कार्यकारी अधिकृतमा नवराज दाहाललाई नियुक्त गरेको छ । नुवाकोटको बट्टारमा मुख्य कार्यालय रहेको राष्ट्रियस्तरको यस वित्तिय संस्थाले आर्थिक वर्ष असार मसान्तसम्ममा १६ करोड ७६ लाख २२ हजार मुनाफा गरि प्रतिशेयर आम्दामी २५ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

नुवाकोटमा मुख्य कार्यालय रहेको मेरो माइक्रोफाइन्सको ५० जिल्लामा ९५ शाखा कार्यलय छ । वित्तीय साक्षरता सहित उत्कृष्ठ लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्