जानकी गुरुङले महासचिवमा उम्मेदवारी दिने घोषणा



काठमाण्डौं । गैर आवासीय नेपाली संघ एनआरएनएको अधिवेशनको मिति नजिकिँदै जाँदा विश्वभर रहेका नेपालीबिच चुनावी माहौल पनि निकै बढेको छ । लामो समयदेखि एनआरएनए गतिविधिमा सक्रिय एनआरएनए अभियान्ताले धामाधम विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसैविच लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय बेल्जियममा बस्दै आएकी महिला व्यवसायी जानकी गुरुङले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । एनआरएनए सदस्यदेखि एनआरएन बेल्जियम अध्यक्ष हुँदै हाल सचिव गुरुङले महासचिवमा उम्मेदवारी दिन लागेकी हुन् ।

होटल, रेष्टुरेन्ट, ट्राभल, मनिटान्सफर, कृषि लगायतको व्यवसायमा आवद्ध छिन् । सामाजिक कार्यमा निकै सक्रिय गुरुङले नेपालमा दुरगम गाउँवस्तिमा महिला उत्थान सम्वन्धी जनचेतनामुलक काम पनि गर्दै आएकी छिन् ।

महासचिवको उम्मेदवारीका सन्दर्भमा सचिव गुरुङले भनिन्, एनआरएनए अभियान भनेको कहिले काही यस्तो अवस्था आउँछ, आफनो व्यापार व्यवसायलाई थाती राखेर समेत समय दिन सक्नुपर्छ । भावनाको एकतालाई पनि वुझन सक्नुपर्छ ।

विश्वभर रहेका नेपालीको समस्या होस या लगानीको सन्दर्भ अनि समग्र एनआरएनए महिलाको भावना पनि सम्वोधन गर्न सक्नुपर्छ । म यी सवै कामका लागि समय दिन सक्छु र विगतमा पनि दिँदै आएको छु । त्यसकारण महिला महासचिवमा उम्मदेवारी दिने घोषणा गरेका हुँ, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्