Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

राप्रपा प्रजातान्त्रिक सयुक्तको महिला संघको केन्द्रित कोषाध्यक्षमा शाह नियुक्त



काठमाण्डौं । राप्रपा प्रजातान्त्रिक सयुक्तको महिला संघको केन्द्रित कोषाध्यक्षमा तारा शाह नियुक्त भएकी छन् । राप्रपा प्रजातान्त्रिक सयुक्तले शाहलाई केन्द्रिय कोषाध्यक्षमा नियुक्त गरेको हो ।

लामो समयदेखि राप्रपाको राजनीतिमा सक्रिय शाह राजासहितको हिन्दु राज्यको पक्षमा दृढतापूर्वक वकालत गर्दै आएकी छिन् । राप्रपा प्रजातान्त्रिक सयुक्तकी नवनियुक्त कोषाध्यक्ष शाहले दुई राप्रपा एकतालाईलाई यसले ठुलो बल पुगेको काठमाण्डौं टेलिभिजनलाई प्रतिकृया दिइन् ।

साथै उनले समग्र महिला आन्दोलनको पक्षमा लाग्न यो जिम्मेवारीले थप हौसला दिएको समेत बताईन् । राजासहितको हिन्दु राज्यको पक्षमा लाग्न उनले देशभरका महिलालाई आग्रह पनि गरिन् ।

राप्रपा प्रजातान्त्रिक सयुक्त छिटै नै आफनो ठोस एजेण्डासहित जनताको माझ जाने पनि नवनियुक्त कोषाध्यक्ष शाहले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्