Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

प्रधानमन्त्री ओली आज पनि नफर्कने



उपचार नसकिएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यक्रम दोस्रो पटक सरेको छ । प्रधानमन्त्री सोमबार मात्र स्वदेश फर्कने सम्भावना भएको छ । शुक्रवार फर्कने कार्यक्रम रहे पनि उपचार नसकिएका कारण सो समय आइतबारका लागि सरेको थियो ।
आइतबार साँझ आउने स्वास्थ्यसम्बन्धी रिपोर्टको आधारमा प्रधानमन्त्री फर्कने दिनको तय हुने छ । सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा परीक्षण गराइरहेका ओली गत १८ गते त्यस तर्फ गएका थिए ।

प्रतिक्रिया दिनुहोस्