भ्रमण वर्षमा सहभागि हुन मन्त्री भट्टराईको आव्हान, प्रचारमा सहयोग गर्न गैर आवसीयलाई पनि आग्रह



काठमाण्डौं । संस्कृती तथा पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष अभियानमा सहभागि हुन सवैलाई आव्हान गरेका छन् । विज्ञप्तीमार्फत मन्त्री भट्टराईले आम नागरिक र उद्योगी व्यवसायीलाई भ्रमण वर्षमा सहभागि हुन आग्रह गरेका हुन् ।

भ्रमण वर्ष सफल पार्न सवैलाई आ आफनो क्षेत्रबाट सहयोग गर्न उनले आग्रह गरेका हुन् । सामाजिक सञ्जाल प्रयोगकर्ता संघ, संस्था वेवससाइट, फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतलाई भ्रमण वर्षको लोगो राखिदिन पनि उनले अनुरोध गरेका छन् ।

विश्वभर रहेका गैर आवसीय नेपालीसँग समेत प्रचारको विभिन्न माध्यमबाट सहयोगको अपेक्षा गरेको समेत उनले भनेका छन् । सार्वजनिक तथा नीजि क्षेत्रबाट उत्साहजनक सहभागिताको लागि पनि मन्त्री भट्टराईले अपेक्षा गरेका छन् ।

संवृद्ध मुलुक, रोजगारी, गरिबी निवारण तथा समावेशी विकासका लागि पर्यटन अर्थतन्त्र महत्वपुर्ण भएको मन्त्री भट्टराईको विज्ञप्तीमा उल्लेख छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्