Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

काठमाण्डौंको मुख्य सहर न्युरोडमा दिउँसै यसरी सांसदको ७ हजार लुटियो



काठमाण्डौं । काठमाण्डौंको मुख्य सहर न्युरोडमा दिउँसै सांसदको पर्स लुटिएको छ । न्युरोडमा प्रदेश नम्वर ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स लुटिएको हो ।

पर्स लुटिएको केहीवेरपछि उनी उजुरी दिन प्रहरीका पुगेकी थिइन् । बैंकको एटिएम कार्डका साथै केही महत्वपुर्ण कागजपत्र रहेकाले पहिले बैंक पुगेर प्रहरीका उजुरी गर्न गएको उनले बताईन् ।

लुटेराले लगेको पर्समा ७ हजार रुपैयाँ, केही महत्वपुर्ण कागजपत्र, एटिएम कार्ड, सांसद परिचय पत्रका साथै केही दैनिक रुपमा प्रयोग हुने सामान रहेको सांसद सुवेदीले बताईन् । किनमेलका लागि उनी न्युरोड गएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्