Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

मन्त्री राईद्धारा दश हजार विरुवा रोप्ने अभियानको शुभारुम्भ



नेपालगञ्ज । सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले दश हजार विरुवा रोप्ने अभियानको शुभारुम्भ गरेका छन् । मन्त्री राईले नेपालगञ्जमा दश हजार विरुवा रोप्ने अभियान सुरु गरेका हुन् । नेपालगञ्जको भारत सीमा नजिक जमुनाहा चोकमा मन्त्री राईले गलमोहरको विरुवा रोपेर अभियानको प्रारम्भ गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री राईले दुई महिनाभित्र नेपालगञ्ज उपनगरपालिकाभित्र दश हजार ठुला विरुवा रोपी सक्ने बताए । सुरुकै दिन उपनगरपालिकाको चोक सडकमा २ सय भन्दा बढि विरुवा रोपिएको छ ।

नेपालगञ्ज उपनगरपालिका सवै वडामा विरुवा संरक्षण र हेरचाहको वचन दिँदै मन्त्री राईले वृक्षारोपणको संरक्षणमा समस्या नहुने समेत वताए । वृक्षारोपण अभियानलाई देशभर लैजाने प्रतिवद्धता प्रधानमन्त्रीले गरेको पनि उनले सो अवसरमा जानकारी दिए । वृक्षारोपण अभियान नगरको वडा नम्वर १ वाट प्रारम्भ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्