आलु चना, चाट बनाउने तरिका



सामाग्री,
२ वटा उसिनेको आलु, आधा प्याज, कागतीको रस १ चम्चा, नुन आवश्यक अनुसार, हरियो धनियाँ १ चम्चा, आलु भुजिया ३ चम्चा, काटेको गोलभेंडा १ वटा, १ कप चना, हरियो धनियाँ १ वटा, सस्र्युको तेल १ चम्चा, बदाम १ चम्चा
विधि,
एउटा प्यानलाई मिडियम आँचमा नुन र पानी हालेर उमाल्ने । त्यसमा चना हाली केहीबेर अलग राख्ने ।
अर्को प्यानमा बदामलाई सस्र्युको तेलमा ३ मिनेट जति ड्राई रोस्ट गर्ने  ।

बदाम खैरो र क्रिस्पी हुन्जेल भुट्ने । त्यसपछि एउटा बाबलमा चना, प्याज, गोलभेंडा, खुर्सानी धनियाँ मसला तथा कागतीको रस हालेर राम्रोसँग मिक्स गर्ने । त्यो मिश्रणमा उसिनेको आलुलाई क्युब आकारमा काटेर हाल्ने र पुनः सवै मसलासँग मिक्स गर्ने । आलु र चनाको यो चाट गर्मीका लागि निकै उपयुक्त मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्