बगिरहेको मलेखु खोलाको विच भागमा सिमेन्ट उद्योग, इआईए नै नगरी व्यवसायी सुरज बैधको दबाबमा हुवासिन सिमेन्ट खुल्दै



काठमाण्डौं । नियम विपरित जवरजस्त खोला मिचेर सिमेन्ट उद्योग स्थापना गर्न खोजिएपछि धादिङका जनता आक्रोषित भएका छन् । नेपाली एजेण्टका रुपमा व्यवसायी सुरज वैद्य समेत सहभागि रहेको चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योग नियम विपरित स्थापना गर्न खोजिएपछि अहिले यो विवाद लेखा समितिमा समेत पुगेको छ । १४ अर्ब ५० करोड रुपैयाँ लगानीमा खोल्न लागिएको सिमेन्ट उद्योगले मलेखु खोलाको विच भागमा धमाधम पक्की संरचना बनाईरहेको छ । सरकारी प्रति जमिन बगरमा लगेर विच खोलामा धमाधम बनिरहेको संरचना बनाउने काम भइरहेको छ । उद्योगी व्यवसायी सुरज बैधको राजनीतिक प्रभाव र दबाबमा जवरजस्त उद्योगको संरचना बनिरहेको स्थानीय राजनीतिक दलका नेता बताउँछन् ।

प्रति वर्ष ४ लाख रुपैयाँको भाडामा गाउँपालिकाले सरकारी जग्गा हुवासिन सिमेन्ट उद्योगलाई दिने निर्णय गरेको छ । बेनिघाट रोराङ गाउँपालिकाको योे निर्णय पनि कानुन बमोजिम छैन् । सरकारी जग्गा गाउँपालिकाले भाडामा दिने कानुनी प्रावधान छैन् । जुन अधिकार केन्द्र सरकारलाई मात्र छ । खोला हिड्ने बाटोमा मोटर बाटो बनाईएको छ । सोही क्षेत्र हुँदै केरुङ, नुवाकोट गल्छी, मलेखु, भण्डारा हुँदै भारतसँग सिमा नाका जोडिएको ठोरीसम्मको बाटो धमाधम विस्तार भइरहेको छ । अर्को बैकल्पिक बाटोको आवश्यकता पर्दैन् । तर, अर्को सडक निमार्ण गर्ने काम भइरहेको छ ।

वातावरणीय असरलाई पनि वेवास्था गरिएको छ । अर्को महत्वपुर्ण पक्ष यो उद्योगले इआईए नै गरेको छैन् । वर्षातको समयमा पानी नभई ढुगां बग्ने मेलेखु खोलाको विच भागमा अर्बौ रुपैयाँको लगानीमा यत्ति ठुलो उद्योग स्थापना गर्न खोज्नु कतिको उपयोगि हुन्छ, पुर्वमन्त्री समेत रहेका धादिङ प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद राजेन्द्र पाण्डे बताउँछन् । आफनो जिल्ला त्यसमा पनि आफनै क्षेत्रमा यत्ति ठुलो लगानीमा सिमेन्ट उद्योग खोल्नु खुशिको कुरा हो, तर प्राविधिक रुपमा समेत कमजोर भनिएको जग्गामा हुवासिन सिमेन्ट उद्योग खोल्न खोज्नु के हो, यो हामीले बुझन सकेनौ, पाण्डेको प्रतिप्रश्न छ । उद्योग सुरक्षित स्थानमा बनाउनु पर्छ, स्थानीयको माग पनि यहि नै छ ।

म कुनै पनि हालतमा विदेशि लगानीको विपक्षी होइन, विदेशी लगानी ल्याउनै पर्छ भन्ने आवाज उठाउने व्यक्ति म हुँ, तर विदेशी लगानी खोलामा बगाउने पक्षमा म कदापी होइन खास कुरो उठाएको यहि नै हो, पाण्डे भन्छन् । आफनै पार्टी नेतृत्वको सरकारको नीति विपरित जाने कुरै हुँदैन, तर व्यापार गर्न आएको कम्पनीले यर्थात वुझनै पर्छ । उनले भने, ४० औं वर्षका लागि खोलिने उद्योग स्थापना गर्दा खोलाको विच भागमा राखिनु हास्याँस्पद नै हो । खोला हिड्ने बाटोमा उद्योग बनिरहेको छ ।

मलेखु खोलाको विच भागमा सिमेन्ट उद्योग खोल्न खोज्नु अर्बौको ढुगां, गिट्टी, बालुवामा नेपाली एजेण्डहरुको आखाँ गएको स्थानीयको ठम्याई छ । दिगो विकास अहिलेको आवश्यता हो, सांसद पाण्डेको तर्क छ । सिमेन्ट उद्योगको काम यत्ति अघि बढिसकेको छ, उद्योग सञ्चालन गर्न अनुमति दिएको लगानी बोर्डले प्राविधिक पक्षलाई वास्ता नै नगरेको समेत पाईएको छ । लगानी बोर्ड लेखा समितिको प्रतिवेदन हेरेर निष्कर्षमा पुग्ने बताउँछ ।

र, अर्कोतर्फ यत्ति ठुलो लगानीमा उद्योग स्थापना गर्दा प्रभावित स्थानीयको माग समेत सम्वोधन गर्नुपर्छ । तर अहिलेसम्म प्रभावित स्थानीयलाई मुआब्जा समेत उद्योगले दिइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्