पोखराको डेंगुको सङ्क्रमण



पोखरामा डेंगुको महामारी फैलिएको छ । पछिल्लो सातामा २१ जनाको रहेको डेंगुको समस्या बढेर ३४ जनामा पुगेको छ । पोखराको विभिन्न अस्पतालमा ११ जनाको उपचार भइरहेको छ । पोखरा नगरपालिकाको वडा नं ८ र ९ मा सबैभन्दा धेरै डेंगुको सङ्क्रमण देखिएको छ । वडा नं १,२,४,५,६,१०,१७ र २५ मा पनि सङ्क्रमण देखिएको छ । पोखरामा अहिले सचेतना अभियान चलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्