बैंकर्स थापामाथि लागेको आरोप प्रमाणित भएन, थापाले पाए सफाई



काठमाण्डौं । बैंकिङ कसुर अभियोगमा मुद्धा खेप्दै आएका बैंकर्स शम्भु थापाले सफाई पाएका छन् । झण्डै ६ वर्षअघि परिबन्दमा फसेका मेगा बैंकका कान्तिपथस्थित मुख्य शाखाका तत्कालिन प्रवन्धक थापाले सफाई पाएका हुन् । सर्वोच्च अदालतले थापालाई सफाई दिएको हो । २०७० माघ २३ गते तत्कालिन टुरिजम बैंकको रकम राष्ट्रिय बाणिज्य बैंक भोटाहिटीबाट मेगा बैंकको क्लियरिङ हाउसमा नियम विपरित २ करोड ९ लाख ९० हजार रकम स्थानातरण गरिएको अभियोग उनी माथि लागेको थियो ।

तत्कालिन मेगा बैंक धादिङ शाखाका प्रवन्धक राजेन्द्र पाण्डे र उनका भाई प्रविण पाण्डेले गरेको कसुरमा थापाले मुद्धा खेप्नु परेको थियो । सफाई पाए लगत्तै थापाले भने, सत्यको जित भएको छ, प्रमाणविनाको आरोप पनि भोग्नु परर्यो । निर्दोष हुँदाहुदै पनि नियतीमा पारियो थापाको गुनासो छ । उनले भने, सर्वोच्च अदालतले न्याय दिएको छ ।

थापामाथि नागरिकता तथा सरकारी छाप किर्तेको मुद्धा समेत लागेको थियो । त्यसमा भने थापाले यसअघि नै सफाई पाईसकेका छन् ।

कामको सिलसिलामा ललितपुरको गोदावरी गएको मौकामा टुरिजम बैंकको यत्ति ठुलो परिणामको रकम ०१४१००६०३५८३८६ नम्वरको खाताबाट पाण्डे दाजुभाईले स्थानान्तरण गरेका थिए । पाण्डे दाजुभाई भने दोषी देखिएको दरिलो प्रमाण भेटिएकाले सफाई पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्