सांसद यादवले दिए राजीनामा



समाजवादी पार्टी नेपालका सांसद डा. सुई नारायण यादवले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् । आफ्नो डाइबेटिज बढेर र स्ट्रेस पनि बढेको वताउदै उनले केही समय आराम चाहेर राजीनामा गरेको बताएका छन् । उनले सभामुख कृष्ण बहादुर महरालाई राजीनामा दिएका हुन् । यादव सप्तरी निर्वाचन क्षेत्र नं एकबाट २१ हजार ७ सय १२ मत प्राप्त गरी प्रतिनिधि सभामा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्