Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

मस्तरामको उपचारमा इन्टरपेनर्स नेपाल लायन्सको सहयोग



मोटरको ठक्करबाट घाइते भएका सिन्धुली गोलान्जोर गाउँपालिकाका मस्तराम परियारको इन्टरपेनर्स नेपाल लाइसेन्स क्लबको सहयोगमा उपचार भएको छ । जोरपाटीस्थित अर्थोपेडिक अस्पतालमा उपचार भइरहेका उनको उपचारका लागि लाइसेन्स क्लबले ११ हजार ५ रुपैयाँ हस्तान्तरण गरेको हो ।


मध्य पहाडी राजमार्ग स्थित देउराली टार तर्फ स्याउला बोकेर जाँदै गर्दा अपरिचित गाडीले ठक्कर दिइ घाइते भएका उनलाई सिन्धुली गोलान्जर गाउँपालिका ग्वालटार स्थायी घर भएका समाजसेवी सुदिप कार्की( गौरव)ले उपचारका लागि काठमाडौँ ल्याइ स्थानीय बासीको सहयोगमा अर्थोपेडिक अस्पतालमा भर्ना गरेका हुन् । उनको शल्यक्रिया सफल भएको लायन सुवास कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्