विष्टको पदीय लोलुप्ताले उसु सङ्घमा भाडभैलो



राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशव विष्टको पदीय लोलुप्ताले नेपाल उसु सङ्घ फेरी विवादमा परेको छ । बाहिर नदेखिए पनि भुसको आगो झैँ सल्किएको यो आगोले उसु सङ्घलाई प्रभावमा पारेको छ ।
आफू अधिबेशसनमा पराजित हुने देखे पछि पूर्व सदस्य सचिव केशव विष्टले साधारण सभा स्थगन गरेको घोषणासँगै उसु सङ्घ विवादमा परेको थियो । सोही भेलाले वीर बहादुर तामाङलाई अध्यक्ष चयन गरे पनि नेपालगन्जमा भएको आठौँ राष्ट्रिय खेलकुदको समयमा तामाङलाई प्रभावमा पारी सहमति गरेको आरोप विष्टलाई लागेको थियो । सोही सहमति पछि जनक बड्तौलाले उपाध्यक्ष पद अस्वीकार गरेका थिए ।
‘ नेपालगन्ज सहमतिको नाममा साधारण सभामा उपस्थित सबैको अपहेलन गरियो । यो गलत प्रवृत्तिलाई स्वीकार गर्न नसकेर म उसुबाट टाढा रहेको हुँ ,’ बड्तौलाले भने । त्यो समय केशव विष्ट र तामाङको बिचमा सहमति भए पछि तामाङ आफूलाई साथ दिने टोलीसँग कुनै सम्पर्क नगरी काठमाडौँ फर्किएका थिए ।
श्रोतका अनुसार यसै साता एक चाइनिज रेस्टुरेन्टमा बसेको बैठकमा विवाद बल्झिएको हो । श्रोतका अनुसार विष्टले आठौँ राष्ट्रिय खेलकुदमा दुई जना बिचमा विष्टले गरेको प्रतिबद्धता पुरा नभए पछि अहिले विवाद बढेको हो । परिषद्को सदस्य सचिवको पदावधि सकिए पछि फेरी सङ्घको नेतृत्व दिने कुरामा
तामाङ सहमत भएको श्रोतेले जनाउँछ ।
त्यसो त उसु सङ्घका जिम्मेवार अन्य अधिकारीहरू सामूहिक छलफल नभइकन यी दुईको सहमतिमा सबै कुराको टुङ्गो लाग्न नहुने अडान राख्न थालेका छन् । उसु प्रशिक्षक लालन लामा पनि दुई जनाको बिचमा भएको सहमतिले मात्र सबै कुरा हुन नहुने बताउँछन् । ‘ जे हुन्छ त्यो तफ्लोरले अनुमोदन गर्न प¥यो नि , ’ लामाले भने ।
लामाले भने जस्तै विष्ट र तामाङ दुई जनाको सहमतिको नाममा उसुको ठुला हिस्सालाई बे वास्ता गर्दै मनपरी तन्त्र गर्ने सम्भावना रहेको उसु निकट धेरैको मत छ । यस बारेमा तामाङसँग सम्पर्क गर्दा उनले कुरा गर्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्