Logo
सोमबार, २३ मङि्सर २०७६
(Monday 9th December 2019)

लागू औषधको दुर्व्यसनी विरुद्ध बागलुङ प्रहरी



बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले “लागू औषध दुर्व्यसन” मुक्त समाज निर्माण गर्ने लक्ष्यका साथ दुर्व्यसन विरुद्ध आमासँग प्रहरी कार्यक्रम शुभारम्भ गरेको छ ।

लागु औषध प्रयोगकर्ताको पहिचानका लागि परिक्षण किटको प्रयोग गर्ने गरी शुरु गरिएको सो कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्था लिमिटेड प्रमुख अगुवाई रहँदै आएको छ ।

जिल्लामा अपराधिक कृयाकलाप हुन नदिँन यस्ता कार्यक्रम महत्वपुर्ण हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले बताए ।

आदर्श सञ्चार सहकारी संस्थाले दुर्व्यसनका बारेमा सचेतना प्रदान गर्ने उदेश्यका साथ सञ्चालन गरेको दुरव्यर्सन विरुद्ध आमाहरु कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउँदै उपरिक्षक भट्टले प्रहरीले समाजका सबै क्षेत्रको सहयोगको अपेक्षा गरेको पनि बताए ।

साथै आदर्श सञ्चार सहकारीले लागु औषध दुर्व्यसन परिक्षण गर्ने २० वटा किट पनि प्रहरीलाई हस्तान्तरण गरेको छ ।


सहकारीको सामाजिक जिम्मेवारी अन्तरगर्त हरेक वर्ष एउटा नयाँ कार्यक्रम गर्ने संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिए ।

आगामी भदौ २१ गते हुने १३ औं वार्षिक साधारणसभाबाट पनि यस्तै एउटा महत्वपूर्ण कार्यक्रम ल्याउने तयारीमा रहेको सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्