Logo
शुक्रबार, ०३ माघ २०७६
(Friday 17th January 2020)

विश्व च्याम्पियनसिपमा नेपालको सहभागिता अनिश्चित



साधारण सभा सम्पन्न भएको लामो समय पछि पनि कार्यसमितिले पूर्णता नपाएको नेपाल एमच्योर एथलेटिक्स सङ्घको कार्य समितिले अझ पूर्णता पाएको छैन । यसै गरी धेरै अघि एसियन जुनियर ट्रयाक एन्ड फिल्डका स्वर्ण विजेता अजित यादवलाई दिने घोषणा गरिएको मोटरसाइकल केही अघि मात्र प्रदान गरिएको छ ।
एथलेटिक्सको समस्या यत्तिमा सीमित रहेको छैन । बिहीबार देखि १३ औ दक्षिण एसियाली खेलकुदका लागि प्रशिक्षण सुरु भए पनि अन्तिम छनोट १५ दिन पछि मात्र हुने भएको छ । अन्य खेलमा भने प्रशिक्षक क्याम्प सुरु भइसकेका छन् । छनोट प्रक्रियाको पूर्ण तालीका पहिले नै ल्याउन नसक्ने नेपाली खेलकुदका लाजमर्दो अवस्था यस पटकको एथलेटिक्स छनोटमा पनि देखिएको छ । गत राष्ट्रिय खेलकुदको आधारमा पहिलो खेलाडीको शिविर राख्ने तयारी भए पनि राष्ट्रिय खेलकुद परिषद्ले दोस्रो खेलाडी सहित बोलाएर अव को १५ दिन पछि प्रशिक्षण गराउने तयारी भएको हो । प्रशिक्षण क्याम्प सुरु भए पनि नेपाल आर्मी क्लबको आन्तरिक खेल यसै समयमा भएका कारण हाल सबै खेलाडीले प्रशिक्षण गरिरहेका छैनन् । यसै गरी सेप्टेम्बर २७ देखि कतारको दोहामा आयोजना हुने विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालको सहभागिता अनिश्चित रहेको छ । नेपालको तर्फबाट सरस्वती चौधरी, र कृष्ण बस्नेतको नाम पठाइएको अपुष्ट समाचार चर्चामा रहे पनि एथलेटिक्स सङ्घले यसबारे कुनै धारणा र सहभागिताको बारे कुनै कुरा बाहिर ल्याएको छैन । निर्धारित समय भन्दा धेरै पछि नाम पठाइएको जानकारी आएको छ ।

प्रतिक्रिया दिनुहोस्